२०८० मंसिर २१
December 7, 2023, Thursday

८९ सीटसहित कांग्रेस पहिलो र एमाले दास्रो दल बन्दा यस्तो भयो प्रतिनिधिसभाको संरचना

८९ सीटसहित कांग्रेस पहिलो र एमाले दास्रो दल बन्दा यस्तो भयो प्रतिनिधिसभाको संरचना

काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ ।

प्रत्यक्षतर्फको मतणना यस अघि नै सकिए पनि समानुपातिकतर्फको मतगणना कार्य भने मंगलबार साँझ मात्रै सकिएको छ ।

मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गरेर पठाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले)ले ३४, नेपाली काँग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएका छन् ।

उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार ति दलले अबको ३ दिन भित्र आफुले प्राप्त गरेको सिट संख्या अनुसारको उम्मेदवारको नामावली आयोगको निर्देशिकामा टेकेर तोकिएको कलस्टर अनुसार पेश गर्नुपर्नेछ ।

पेश गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसिमा दिएर दललाई सच्याउने मौका दिनेछ । त्यसपछि मात्रै आयोगले निर्वाचित उम्मेदवारको नामावली घोषणा गर्नेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सिट संख्या आधारमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटसहित जम्मा ८९ सिट प्राप्त गर्दै सबैभन्दा ठुलो दल नेपाली काँग्रेस बनेको छ ।

यस्तै दोस्रोमा नेपाल ९एमाले०ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटसहित जम्मा ७८ सिट प्राप्त गर्दै दोस्रो दल बनेको छ । यसरी हेर्दा काँग्रेस भन्दा एमालेले १२ सिट कम प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सिट प्राप्त गर्दै प्रतिनिधिसभामा तेस्रो दल बनेको छ भने यस पटकको प्रतिनिधिसभामा मात्रै सहभागि भएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट गरेर जम्मा २० सिट प्राप्त गर्दै चौथो दलका रुपमा उदाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ७ सिट गरेर जम्मा १४ सिट प्राप्त गर्दै पाचौँ दल बन्न सफल भएको छ । प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ५ गरेर जम्मा १२ सिट प्राप्त गर्दै जनता समाजवादी पार्टी छैटौ दल बनेको छ ।

प्रत्यक्षतर्फ १ सिट मात्रै प्राप्त गरेको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सिटसहित जम्मा ६ सिट प्राप्त गर्दै आफुलाई राष्ट्रिय दल बनाउन सफल भएको छ ।

जनमत पार्टीसहित यस पटक संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेको संख्या ७ पुगेको छ । २०७४ सालको निर्वाचनमा ५ दल मात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

बाँकी ६ दलले भने समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएका कारण प्रत्यक्षतर्फ मात्रै जित हासिल गरेका छन् ।

जसमा प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेर समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभामा सातौँ दलका रुपमा प्रस्तुत भएको छ ।

यद्यपी थ्रेस होल्ड कटाउन नसकेका कारण उक्त दलले राष्ट्रिय दल बन्ने मौका भने गुमाएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिटसहित संसदमा सहभागि हुने भएका छन् ।

स्वतन्त्रबाट निर्वाचित ५ जना पनि यस पटक प्रतिनिधि सभामा सहभागि हुदैँछन् । जनमत पार्टीको समर्थन पाउने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनमा सहज

यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ ।
नेपाली काँग्रेसले प्राप्त गरेको ८९ सिट, नेकपा ९माओवादी केन्द्र९को ३२ सिट, नेकपा (एकीकृत समाजवादी(को १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट, राष्ट्रिय जनमोर्चाको १ सिट जोडेर १३६ सिट पुगेको छ ।

यसैमा जनमत पार्टीको ६ सिट जोडिने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सिट पुग्नेछ । १३८ सिटमा नै सत्ता गठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सिट थप हुनेछ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर २१, बुधबार १०:०६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर २१, बुधबार १०:०६ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर २१, बुधबार १०:०६ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP