२०८० मंसिर २१
December 7, 2023, Thursday

लिग २ क्रिकेटमा स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

लिग २ क्रिकेटमा स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

काठमाडौ, विश्वकप लिग २ क्रिकेटमा नेपाल स्कटल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको छ। नामिबियाको यूनाईटेड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो।

ब्याटिङ र बलिङ दुवैमा कमजोर देखिएको नेपालले जम्मा १२० रनको लक्ष्य दिएको थियो । स्कटल्याण्डले मात्र १७ ओभरमा २ विकेट गुमाएर त्यसलाई पार गर्‍यो ।

स्कटिस टोलीका लागि क्रिस्टोफर म्याकब्राइडले ४६ र जर्ज मुन्सेले ४५ रन बनाए। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोली १५ ओभर अगाडी नै ११९ रनमा अलआउट भएको थियो ।

कप्तान रोहित पौडेलवाहेक कुनै पनि खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पौडेल ४७ रन बनाएर आउट भए ।

विश्वकपको दौडबाट यसअघि नै बाहिरिसकेको नेपालले एकदिवसीय मान्यता समेत गुमाउने सम्भावना बढेको छ। लिग २ मा नेपालले पछिल्ला पाँच खेलमा एक पनि जीत निकाल्न सकेको छैन ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ मंसिर २२, बिहीबार १८:२९ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ मंसिर २२, बिहीबार १८:२९ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ मंसिर २२, बिहीबार १८:२९ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP