एजेन्सी, भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जीत हासिल गरेको छ ।
तर, हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।
१८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी (आप) ले ५ सिट जितेका छन् ।
भाजपाको यो जित गुजरातमा हालसम्मकै धेरै सिट जितेको रेकर्ड हो । यसअघि सन् १९८५ मा भएको सातौं विधानसभामा निर्वाचनमा कांग्रेसले १४९ सिट जितेर सबैभन्दा धेरै सिट जितेको रेकर्ड राखेको थियो ।
त्यतिबेला भाजपाले केबल ११ सिट मात्र जितेको थियो । यसपटकको निर्वाचनमा भने भाजपाले रेकर्ड तोड्न सफल भएको छ । सन् २००२ मा भाजपाले गुजरात विधानसभामा १२७ सिट जितेको थियो ।
सन् २०१७ को गुजरात विधानसभा निर्वाचनमा भाजपाले ९९ र कांग्रेसले ७७ सिट जितेका थिए ।
हिमाचल प्रदेशको विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ । यहाँ कांग्रेसले ४० सिट जित्दा भाजपाले २५ सिट जितेको छ । आम आदमी पार्टीले एक सिट पनि जित्न सकेन ।
२०१७ को हिमाचल विधानसभा चुनावमा भाजपाले ४४ सिट जित्दा कांग्रेसले २१ सिट जितेको थियो । यसपटक भने भाजपाले हिमाचलको सत्ता गुमाएको छ ।
एक साता अघि गुजरात र हिमाचल प्रदेशमा विधानसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनको सबै परिणाम बिहीबार सार्वजनिक भइसकेको छ ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...