काठमाडौं, ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण आजदेखि सुरु भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने काम सुरु गरिएको जानकारी दिएको छ।
विभागका अनुसार यसको निर्माण कार्य १४ महिनामा सम्पन्न हुनेछ। फ्लाईओभरको निर्माण कार्य सुरु भएसँगै यस रुट भएर चल्ने सवारी साधनको लागि ट्राफिक प्रहरीले नयाँ रुट तोकेको छ।
प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्ट( ट्रयाकबाट चलाइने छ।
यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीलाई फाष्टट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।
निर्माण सुरु भएकै दिन आजदेखि नै बालकुमारी,ग्वार्को र सातदोबाटोमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...
अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...