२०८० मंसिर २१
December 7, 2023, Thursday

सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौ, जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। काठमाडौँमा पहिलो पटक बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको अध्यक्ष चन्द्रकान्त राउतले बताए।

‘कुन मन्त्रालय भन्ने तोकेका छैनौँ, काम गर्न सक्ने मन्त्रालय लिन तयार छौँ,’ उनले भने। सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि निर्णय नभएको उनले बताए।

‘जसको नेतृत्वमा भए पनि सरकारमा सहभागी हुन्छौँ, हाम्रा केही माग छन्। त्यो जसले सम्बोधन गर्छ, त्यसैमा सामेल हुन्छौँ,’ राउतले भने।

जनमतले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सिट जितेको छ। साथै, समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी पनि बनेको छ। सो पार्टीले समानुपातिकमा चार सिट पाएको छ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर २३, शुक्रबार ०७:४२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर २३, शुक्रबार ०७:४२ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर २३, शुक्रबार ०७:४२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP