२०८० मंसिर २१
December 7, 2023, Thursday

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा कोटाभन्दा बढी नाम बुझाइयो

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा कोटाभन्दा बढी नाम बुझाइयो

जनकपुरधाम, मधेस प्रदेशको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ ।

प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई ७ सिट दिएको छ । तर, जसपाले ७ जनाको नाम टुङ्ग्याउन सकेन ।

नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाएका छन् ।

जसपाको आयोगलाई गरेको सिफारिसमा विन्दूकुमारी यादव (महोत्तरी), किरणकुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), सञ्जिलाकुमारी यादव (सिरहा), चन्देश्वर सदा (सिरहा), ललिता दास (सिरहा), शाहिदा खातुन (सिरहा), ममता मण्डल (धनुषा), मो.युसुफ अलि (सप्तरी), मनिषकुमार सुमन (सप्तरी)को नाम समेटिएको छ ।

जसपाले आयोगमा बुझाएको पत्रमा भने समावेशी समूह मिलाई उम्मेदवारहरुको नाम छनोट गरिएको उल्लेख छ । बुझाएकामध्ये ३ उम्मेदवार सांसद बन्न बञ्चित हुने देखिएको छ ।

जसपाका एक नेताले नाम चयनमा सहमति नजुट्दा १० जनाकै बुझाएको र तीमध्ये ७ जना आयोगले समावेशीताका आधारमा चयन भएको निर्णय गर्दा पार्टीमा विवाद नहुने बताए ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ मंसिर २५, आईतवार १०:२५ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर २५, आईतवार १०:२५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर २५, आईतवार १०:२५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

TOP