काठमाडौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।
सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरि अध्यादेश ल्याउन लागेकोमा कोइरालाले विरोध गरेका हुन् ।
उनले अध्यादेशमार्फत् कानुन संशोधन गरेर अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् ।
आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्गयाउने काम कसैलाई छुट नहुने पनि उनले बताएका छन् ।
सँगसँगै यसले भोलिका लागि गलत नजिर बस्ने शेखर कोइरालाले ट्विट गरेका छन् ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...