२०८० मंसिर १४
November 30, 2023, Thursday

आज समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग

आज समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं, निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो ।

निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए ।

वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ । दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ ।

यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् ।

निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ ।

गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।

ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।

निर्वाचन आयोगका एक अधिकृतका अनुसार प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा समस्या नभए पनि प्रदेशसभातर्फ भने कतिपय दलको क्षेत्रगत (क्लष्टर) समस्या देखिएको छ ।

‘प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमको सूचीमा समस्या छ । सबैभन्दा धेरै त्रुटि मधेशमा छ,’ ती अधिकृतले भने, त्यसलाई सुधारेर पेश गर्न पत्राचार गरिएको छ ।’

समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्दै सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नेछ ।

समानुपातिक सूची घोषणा भएको एक साताभित्र प्रतिनिधि सदस्य र प्रदेशसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने आयोगले जनाएको छ ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ मंसिर २६, सोमबार ०७:४५ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते गर्ने निर्वाचन गर्ने निर्णय
राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते गर्ने निर्वाचन गर्ने निर्णय
  • २०७९ मंसिर २६, सोमबार ०७:४५ गते

सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ मंसिर २६, सोमबार ०७:४५ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

TOP