२०८० मंसिर १४
November 30, 2023, Thursday

टर्की र रुसी राष्ट्रपतिबीच खाद्यान्न सम्झौता र सिरियाली सुरक्षाबारे छलफल

टर्की र रुसी राष्ट्रपतिबीच खाद्यान्न सम्झौता र सिरियाली सुरक्षाबारे छलफल

एजेन्सी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच ‘ब्ल्याक सी’को खाद्यान्न करिडोरबाट हुने निर्यातलाई नियमित गर्ने बिषयमा छलफल भएको छ ।

आइतबार टेलिफोनमार्फत भएको वार्तामा टर्की र सिरियाली सीमामा आतङ्कवादविरुद्धको लडाइँलगायत टर्की–रुस सम्बन्धबारे छलफल भएको टर्कीका राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

टर्कीको मध्यस्थतामा भएको खाद्यान्न सम्झौताले एक करोड ३० लाख टनभन्दा बढी खाद्यवस्तुलाई आवश्यक व्यक्तिहरूसम्म पुग्न सुनिश्चित गरेको छ ।

‘उनीहरू (रुसी) ले खाद्यान्न करिडोरमार्फत विभिन्न खाद्य उत्पादनहरू र क्रमशः अन्य वस्तुहरूको निर्यातमा काम सुरु गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ ।

जुलाई २२ मा, रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग छुट्टाछुट्टै रूपमा एक सम्झौतामा हस्ताक्षर गरे जुन रुस–युक्रेन द्वन्द्वको बीचमा विश्व बजारमा खाद्यान्न र मल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण बनेको छ ।

अङ्काराले विश्व बजारमा पनि रूसी खाद्यान्न र मल निर्यात पुनः सुरु गर्न मार्ग प्रशस्त गर्न प्रयास गरिरहेको बताएको छ ।

टर्कीको सुरक्षा बल र कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) बीचको पछिल्लो तनावबारे पनि विस्तृत जानकारी दिँदै सिरियासँगको टर्कीको सीमाबाट ३० किलोमिटर टाढा सिरियाली कुर्दिश लडाकू फिर्ता गर्ने परिकल्पना गरिएको सन् २०१९ को सम्झौता कार्यान्वयन गर्न रुसलाई आग्रह गरेको टर्कीका राष्ट्रपतिले बताए ।

२२ अक्टोबर २०१९ मा एर्दोगान र पुटिनले रुसको सोचीमा भएको भेटवार्तामा टर्कीको सीमाबाट ३० किलोमिटर दक्षिणमा वाईपीजी लडाकुहरूलाई फिर्ता बोलाउने र टर्की र रुसी सैनिकहरूबीच संयुक्त गस्ती सुरु गर्ने विषयमा सहमति जनाएका थिए ।

Related News

गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
  • २०७९ मंसिर २६, सोमबार ०७:५४ गते

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम...

सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
  • २०७९ मंसिर २६, सोमबार ०७:५४ गते

आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले...

गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
  • २०७९ मंसिर २६, सोमबार ०७:५४ गते

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै...

TOP