काठमाडौ, सरकारले चार देशसँग हवाइ सम्झौताको तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकासहित चार देशसँग हवाइ सम्झौता अघि बढाएको हो।
थप सम्झौता हुनलागेका चार देशमा इन्डोनोसिया, स्विट्जरल्यान्ड, रुवान्डा र अमेरिका रहेका छन्। गत कात्तिक पहिलो हप्ता नेपालको हवाइ सुरक्षाबारे निरीक्षण गर्न अमेरिकी अधिकारी नेपाल आएका थिए।
त्यसलगत्तै सरकारले अमेरिकासँग हवाइ सम्झौता गर्ने प्रक्रिया अघि बढाएको हो। १ वर्षअघि रुवान्डाका राजदूतले पनि हवाइ सम्झौता गर्न मन्त्रालयसँग प्रस्ताव गरेका थिए।
सरकारले कात्तिक दोस्रो साता नै अमेरिका र स्विट्जरल्यान्डसँग हवाइ सम्झौता अगाडि बढाउने निर्णय गरेको थियो।
बढी पर्यटक आउने मुलुकमा सिधा हवाइ उडान नहुँदा तेस्रो मुलुक हुँदै आउनुपर्ने बाध्यता छ। दुवै मुलुकमा हवाइ सम्झौता भएमा एक–अर्को मुलुकमा उडान गर्न पाइन्छ। सोही कारण सरकारले थप मुलुकमा उडान गर्ने तयारी गरेको हो।
अमेरिकासँग हवाइ सम्झौता भएपछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले दुई देशबीच सिधा उडान गर्न सक्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले चार देशसँग हवाइ सम्झौता र दुई देशसँग मौजुदा सम्झौता संशोधनको प्रक्रिया अघि बढेको नेपालखबरसँग बताए।
यसअनुसार हाल उडान भइरहेका दुईवटा देश कुवेत र यूएईसँग हवाइ सम्झौता संशोधन गर्न लागिएको ती अधिकारीले बताए।
पोखरा र भैरहवा विमानस्थलमा उडान गर्न सक्ने गरी हवाइ उडान सम्झौतालाई संशोधन गर्न लागेको मन्त्रालयले जनाएको छ।
‘कूटनीतिक र कनेक्टिभिटी विस्तारको लागि ४ देशसँग सम्झौता हुँदै छ’, ती अधिकारीले भने, ‘भैरहवा र पोखरा विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान गर्न कुवेत र यूएईको हवाइ सम्झौता संशोधन हुँदै छ।’
हवाइ सम्झौता मन्त्रिपरिषद्मा पठाउनुअघि अर्थ मन्त्रालय र कानुन मन्त्रालयको समेत अनुमति लिनुपर्छ। इन्डोनोसियाको अर्थ र कानुन मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ। यससम्बन्धी प्रस्ताव अब मन्त्रिपरिषद्मा पेश हुने तयारी अवस्थामा छ।
स्विट्जरल्यान्ड र रुवान्डाबाट पनि राय आइसकेकाले अब कानुनी प्रक्रिया पूरा भएसँगै मन्त्रिपरिषद्मा लगिनेछ।
‘अमेरिकाको प्रारम्भिक चरणमा मात्रै छ। अर्थको राय र कानुन मन्त्रालयको प्रक्रिया पु¥याएर बल्ला मन्त्रिपरिषद्मा जान्छ’, उनले भने, ‘कुवेत र यूएईसँग हवाइ सम्झौता संशोधनको लागि सम्बन्धित देशबाट प्रस्ताव आएको छ। प्रक्रिया पु¥याएर संशोधन हुन्छ।’
४० देशसँग छ उडान सम्झौता, कति आउँछन् पर्यटक ?
हालसम्म ४० देशमा हवाइ उडान सम्झौता भएको छ। जसमा १७ वटा देशमा उडान भइरहेको छ भने २३ वटा देशमा उडान हुनसकेको छैन।
पर्यटन मन्त्रालयले फिनल्यान्ड र रुससँग पनि हवाइ सम्झौतालाई प्राथमिकतामा राखेको जनाएको छ।
सम्झौताको तयारीमा रहेका देशमा अमेरिबाट सबैभन्दा बढी पर्यटक आउने गरेका छन्। अक्टोबरमा ८८ हजार ५८२ पर्यटक भित्रिँदा ११ हजार ५८९ अमेरिकाबाट आएका थिए।
भारतपछि अमेरिकाबाट सबैभन्दा बढी पर्यटक भित्रिएका थिए। स्विट्जरल्यान्डबाट ६०७, इन्डोनोसियाबाट २८७ भने रुवान्डाबाट १ जनामात्रै भित्रिएका छन्।
सरकारले १९६३ यता अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, बंगलादेश, भुटान, बुनाई, चीन, क्रोसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, भारत, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लग्जेम्बर्गसँग हवाइ सम्झौता भएको छ।
त्यस्तै मकाउ, मलेसिया, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, कोरिया, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, टर्की, युएयी, युके, भियतनाम र कम्बोडियासँग हवाइ सम्झौता गरेको छ।
उडान भइरहेका देशमा बंगलादेश, भुटान, चीन, हङकङ, भारत, कोरिया, कुवेत, मलेसिया, ओमान, कतार, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, साउदी अरेबिया, श्रीलंकामा उडान भइरहेको छ।
मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...