२०८१ श्रावण ९
July 24, 2024, Wednesday

आयोगले एमालेलाई दियो समानुपातिक सांसद सूचि नसच्याए सांसद विजयी घोषणा नगर्ने चेतावनी

आयोगले एमालेलाई दियो समानुपातिक सांसद सूचि नसच्याए सांसद विजयी घोषणा नगर्ने चेतावनी

काठमाडौं, निर्वाचन आयोगले एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने भएको छ ।

१ नम्बर प्रदेश र मधेश प्रदेशमा क्लस्टर र क्रम नमिलेको भन्दै आयोगले सच्याउन सोमबार ४ बजेसम्मको समय दिएको हो।

तर, एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेपछि नसच्याए सांसद विजयी भएको घोषणा नगर्ने चेतावनी दिएको हो।

एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको क्रम अनुरूप रहेकाले उक्त पेस गरेको नामावली यथावत् कायम गरिदिन आयोगलाई पत्र पठाएको थियो ।

तर कानुनअनुसार बन्दसूची हेरफेर गर्न नमिल्ने भन्दै आयोगले सच्याउन एमालेलाई पुनः पत्र पठाउने तयारी गरेको हो । ‘

क्लस्टर र क्रमभन्दा बाहिर गएर सांसदको नाम छनोट गर्न मिल्दैन । त्रुटि सच्याउन फेरि पत्र पठाउने तयारी छ,’ आयोग स्रोतले भन्यो ।

त्रुटि नसच्याए समानुपातिक सांसद विजयी भएको घोषणा नगर्ने आयोगको निष्कर्ष छ । आज अबेर भएकाले भोलि निश्चित समय दिएर एमालेलाई पुनः पत्र पठाउने आयोगको तयारी छ ।

एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको प्राथमिकता क्रम नम्बर २ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्राथमिकता बमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो ।

त्यसैगरी, मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरे बमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको र अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचिकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचिकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले भनेको थियो ।

मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम आएकाले प्राथमिकता क्रम नम्बर १ को महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ मंसिर २७, मंगलवार ०९:०१ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ मंसिर २७, मंगलवार ०९:०१ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ मंसिर २७, मंगलवार ०९:०१ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP