२०८० मंसिर २०
December 6, 2023, Wednesday

लोसपाका शीर्ष नेताहरूमा गठबन्धन सरकारमा जानेमा सहमत

लोसपाका शीर्ष नेताहरूमा गठबन्धन सरकारमा जानेमा सहमत

काठमाडौं, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनको सरकारमा जाने भएको छ। काठमाडौंमा बसेको शीर्ष नेताहरुको बैठकले गठबन्धन नेतृत्वको सरकारमा जाने निर्णय गरेको हो।

गठबन्धनकै सरकार बन्ने भएपछि लोसपा स्वाभाविक रूपमै सरकारमा जाने नेता शरदसिंह भण्डारीले बताए।

उनले नेपाल प्रेससँग भने, ‘हामी गठबन्धनबाटै निर्वाचनमा गएका हौँ। अब गठबन्धनकै सरकार बन्ने भएपछि हामी सरकारमा जाने कुरामा कुनै समस्या छैन।’

बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित शीर्ष नेताहरू सहभागी थिए। चुनावको अन्तिम समयमा जसपा बाहिरिएपछि गठबन्धनमा जोडिएको लोसपाले केही सीटमा मात्रै तालमेल गरेको थियो।

प्रत्यक्षमा ४ सीट जितेको लोसपा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल भने बन्न असफल रह्यो।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर २७, मंगलवार १५:२३ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर २७, मंगलवार १५:२३ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर २७, मंगलवार १५:२३ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP