पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।
आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।
यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ बित्यो । दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ ।’
अहिले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको बताए। उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताए ।
निर्वाचन आयोगले राष्ट्रिपतिलाई निर्वाचनको परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।
यो निर्वाचनले दलहरुलाई ठूलै चुनौती देखिएको उनको भनाइ छ। नयाँ दलको उदयलाई चुनौती र अवसरको रुपमा लिनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...