२०८० मंसिर २१
December 7, 2023, Thursday

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र रूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए ।

काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएको भन्दै प्रशंसा गरे ।

विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी काठमाडौं विश्वविद्यालयले देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै देउवाले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्त्वपूर्ण संस्थामा आवद्ध भइ उत्कृष्ट सेवा पुर्‍याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए ।

सो क्रममा देउवाले काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरि सात जनालाई उपाधि प्रदान गरे ।

विश्वविद्यालयले विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारिधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित गरेको छ ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ मंसिर २९, बिहीबार १७:२३ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ मंसिर २९, बिहीबार १७:२३ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ मंसिर २९, बिहीबार १७:२३ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP