२०८० मंसिर २१
December 7, 2023, Thursday

भारतले ५ हजार किलोमिटरमा मार हान्ने मिसाइल परीक्षण गर्यो

भारतले ५ हजार किलोमिटरमा मार हान्ने मिसाइल परीक्षण गर्यो

एजेन्सी, भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । समाचार एजेन्सी पीटीआईले सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

पीटीआईका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ । भारत-चीन सीमामा तनाव भइरहेको बेला ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो परीक्षण गरिएको हो।

यद्यपी यस परीक्षणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन। यसअघि परीक्षण भएका अग्नि(४ को क्षमता चार हजार किमी सम्मको छ भने अग्नि-३ ले ३ हजार किमी सम्म मार गर्न सक्छ।

पछिल्लो दुई वर्षमा भारतले धेरै मिसाइलको सफल परीक्षण गरेको छ । मे महिनामा सुखोई लडाकु विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको थियो ।

अप्रिलमा, ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको एन्टी(शिप संस्करण भारतीय नौसेना र अण्डमान र निकोबार कमाण्डले संयुक्त रूपमा परीक्षण गरेको थियो।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ पुष १, शुक्रबार १०:४० गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ पुष १, शुक्रबार १०:४० गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ पुष १, शुक्रबार १०:४० गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP