रुपन्देही, नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास सूर्य किरणु रुपन्देहीको सालझण्डीमा शुक्रबारदेखि सुरु भएको छ।
सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे।
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी यो सैन्य अभ्यास सुरु भएको हो।
यो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन्।
संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।
२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १५ पटक सञ्चालन भइसकेको छ।
संयुक्त सैन्य अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाइँदैछ।
यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ।
यस अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र दुवै देशका सेनाबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने...