२०८० मंसिर २१
December 7, 2023, Thursday

पारिश्रमिक नपाएपछि पत्रकार आन्दोलनमा

पारिश्रमिक नपाएपछि पत्रकार आन्दोलनमा

काठमाडौ, लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।

ललितपुरको जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।

संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए ।

पटक(पटकको अनुरोध र आग्रहपश्चात् पनि झुटो आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दोलन थालिएको श्रमजीवीको हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

गोरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुको न्यायका लागि लड्दै आएका अध्यक्ष जैसीका अनुसार श्रमजीवीहरुको लाखौं रुपैयाँ महिनौंदेखि नपाउँदा उनीहरुको बिचल्ली बनाउने साहुको घर घेराउ नै गरिएको, अब सबै श्रमजीवीहरुको संयुक्त सहभागितामा फेरि घर घेराउ गर्ने कार्यक्रम छ ।

सञ्चालक थापाले कर्मचारीलाई अनेक बहाना देखाउँदै समस्या पारिश्रमिक दिएका छैनन्। थापाले जावलाखेलबाट ३ वटा भन्दा बढि संस्था सञ्चालन गरेका छन् ।

जस्मा कृषि टेलिभिजन,कृषि सहकारी संस्था,र कृषि फेसलगायत रहेका छन् । उक्त टेलिभिजनमा काम गर्ने कर्मचारी झापा,जाजरकोट,सुनसरि लगायतका क्षेत्रबाट आई कोठाभाडामा बसेर पत्रकारिता गर्दै आएका छन् ।

पटक पटक पारिश्रमिकको लागि ताकेता गरे पनि थापाले आफ्ना पकेटका २-४ जनालाई केही रकम दिएर अरु कर्मचारीको श्रम शोषण गर्दै आएको पिडित कर्मचारीहरुको गुनासो छ ।

केही समय अगाडि श्रमजीवी९पत्रकार संघ, नेपालसँग गरेको सहमति अनुसार थापाले चुनावपछि २० गते सबै पैसा चुक्ता गर्ने सहमति भएपनि उनले फोन न उठाउने के गर्न सकिन्छ त्यही गर भन्दै धम्कि दिने गरेको पनि उनीहरुको गुनासो रहेको छ ।

पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएपछि श्रमजीवी पत्रकार संघको नेतृत्वमा आन्दोलन सुरु गरिएको हो । आन्दोलन अन्तर्गत थापाको निवास घेराउ साथै धर्ना र रिले अनसन बस्न बाध्य हुने पीडितहरुले बताएका छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष २, शनिबार ०८:२५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष २, शनिबार ०८:२५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष २, शनिबार ०८:२५ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP