काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका भट्टराईले भने, ‘निर्वाचन आयोगले चुनावी प्रतिवेदन बुझाइसकेको छ, अब राष्ट्रपितज्यूले ढिलो गर्नुहुन्न ।
सम्भवतस् आउँदो मंगलभित्र उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।’ संविधानमा निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछिन् ।
उक्त उपधारामा प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
धारा ७६ को उपधारा १ मा भने प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
तर, प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा राष्ट्रपतिले उपधारा २ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...