२०८० मंसिर २१
December 7, 2023, Thursday

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउनुपर्ने व्यवस्था छ ।

आजको बैठकले सो विषयमा निर्णय गरेर चुनावको मिति तय गर्ने सम्भावना रहेको पनि बताइएको छ ।

कांग्रेसले आगामी बुधबारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता डा। शेखर कोइरालालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।

प्रतिनिधिसभामा पहिलो दल कांग्रेसबाट ८९ जना सांसद निर्वाचित भएका छन् । कांग्रेसको विधानले पार्टीको संसदीय दलको नेतालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा सिफारिस गर्ने व्यवस्था गरेको छ ।

दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा चुनाव हुनेछ । जसमा ५१ प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार नै संसदीय दलको नेता चुनिने व्यवस्था छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ३, आईतवार ०८:५२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ३, आईतवार ०८:५२ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ३, आईतवार ०८:५२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP