२०८० मंसिर २१
December 7, 2023, Thursday

नेकपा एसले बोलायो संसदीय दलको बैठक, अध्यक्ष नेपाल सर्वसम्मत हुने निश्चित

नेकपा एसले बोलायो संसदीय दलको बैठक, अध्यक्ष नेपाल सर्वसम्मत हुने निश्चित

काठमाडौं, नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्नेसमेतको प्रयोजनका लागि बैठक बोलाएको हो ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको महासचिव डा. बेदुराम भुसालले बताए ।

आइतबारै नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ पुष ३, आईतवार १८:३९ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ३, आईतवार १८:३९ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ३, आईतवार १८:३९ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

TOP