२०८० मंसिर २०
December 6, 2023, Wednesday

पेरिसडाँडामा मा‌ओवादी पदाधिकारी बैठक जारी, सरकारबारे निर्णय लिन सक्ने

पेरिसडाँडामा मा‌ओवादी पदाधिकारी बैठक जारी, सरकारबारे निर्णय लिन सक्ने

काठमाडौ, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। सरकार निर्माणसहितका विषयबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि बैठक सुरु भएको एकजना पदाधिकारीले जानकारी दिए।

‘२ बजे बस्ने भनिएको बैठक केही ढिला गरेर भर्खरै सुरु भएको छ,’ ती नेताले भने।

४ मंसिरको चुनावमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ सिट जितेको माओवादी सरकार निर्माणको निर्णायक शक्तिका रुपमा संसदमा छ।

माओवादीले गठबन्धनभित्रबाट सरकार बनाउने प्रयास गरिरहेको छ। गठबन्धनमा पहिलो २ कार्यकालको प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने लबिङ भइरहेको बेला माओवादी पदाधिकारी बैठक बसेको हो।

बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रुपमा अघि बढाउनेबारे ठोस निर्णय गर्न सक्ने बताइएको छ।

त्यसबाहेक आइतवारै दिउँसो बस्ने संसदीय दलको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गर्न सक्ने सम्भावना पनि छ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष ३, आईतवार १५:३९ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ पुष ३, आईतवार १५:३९ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष ३, आईतवार १५:३९ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP