काठमाडौं, सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने ठहर गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष पुस्पकमल दाहालले पहिले सांसदहरुको सपथग्रहण हुनुपर्ने निष्कर्ष पार्टीको रहेको बताए । त्यसपछि अरु विषयमा छलफल गर्ने उनको भनाइ थियो ।
माओवादीको पदाधिकारी बैठक अनौपचारिक रुपमा मात्र भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारको नेतृत्वमा माओवादीको दाबी रहने बताए ।
तर, पहिले सपथग्रहण हुनुपर्ने पार्टीको निर्णय रहेको उनले सुनाए ।
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...