काठमाडौ, ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुइ जनालाई प्रहरी परीसर जावलाखेल, ललितपुरमा बुझाएको छ ।
चोरिएको मोटरसाइकलसहित पक्राउ पर्नेमा रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ बर्षीय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाण्डौ सुन्धारा बस्ने २१ बर्षीय प्रेम थापा मगर रहेका छन् ।
फेला परेको मोट्साइकल धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका -९ मंगलबजार बस्ने कञ्चन खत्रीको भएको ट्राफिक प्रहरीले जनाएको छ ।
खत्रीले गत असोज ६ गते बाग्मती प्रदेश-०२-०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको सूचना ट्राफिक प्रहरी समक्ष दर्ता गराएका सथए ।
खोजतलास गर्ने क्रममा वास्तबिक नम्बर परिवर्तन गरी बाग्मति प्रदेश-०२-०१९ प ९५६४ नम्बर प्रयोग गरी चलाइ रहेको अबस्थामा आइतबार ताल्छिखेलबाट उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।
यस आर्थिक वर्षको मंसिर मसान्तसम्ममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका बिभिन्न स्थानबाट हराएको १९४ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरिसकेको छ ।
यस्तै चोरीका १९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा आएका १९ जनालाई पनि आवश्यक अनुसन्धान तथा कारबाहीका लागी सम्बन्धित प्रहरी परिसर एवम् वृत्तमा बुझाइएको छ ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने...