२०८१ बैशाख ६
April 18, 2024, Thursday

पुस्तक तथा चित्रकला प्रदर्शनी

पुस्तक तथा चित्रकला प्रदर्शनी

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक तथा चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

प्रतिष्ठानद्वारा शनिबार ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा आयोजित प्रदर्शनीको पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए ।

ृउनले कलाकार गणेश जीसीको ‘अरनिको एसिया स् एक प्रस्तावना’ शीर्षकको पुस्तक लोकार्पण गरे । कार्यक्रममा पुस्तकका लेखक जीसीले ऐतिहासिक कालमै नेपाललाई कलाको पेगोडा शैलीमार्फत चिनाउने कलाकार अरनिको नेपालका मात्र विभूति नभई एसियाकै एक गौरवमय सम्पदा भएको बताए ।

उनले सन्दर्भमा बढीभन्दा बढी खोज, अनुसन्धान तथा पुस्तक लेखिनुपर्छ भनेर पुस्तक तयार गरेको जानकारी दिए ।

प्रदर्शनीमा किरण गुरुङ, पुष्प आलेमगर, सुनिल पाण्डे, पकबहादुर थापा, उद्धव रिमाल, हरिओम मेहतालगायतका कलाकारका चित्र र प्रतिष्ठानका विविध विभागमार्फत विगत चार वर्षमा प्रकाशित कलासम्बन्धी विभिन्न पुस्तक प्रदर्शनी आयोजना गरिएको छ।

Related News

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित
प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित
  • २०७९ पुष ४, सोमबार ०९:२० गते

काठमाडौँ, २९ चैत : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ...

कवि छविरमण सिलवालको ‘ डोरम्याट “कविता सङ्ग्र’ फरक ढंगबाट सार्बजनिक
कवि छविरमण सिलवालको ‘ डोरम्याट “कविता सङ्ग्र’ फरक ढंगबाट सार्बजनिक
  • २०७९ पुष ४, सोमबार ०९:२० गते

काठमाडौं । समकालिन नेपाली कवितामा चिनिएका कवि छविरमण सिलवालको  कवितासङ्ग्रह ‘डोरम्याट ’फरक ढंगबाट आज सार्बजनिक  भएको छ। कार्यक्रम  भने पट्ट्यार नलाग्ने गरी...

फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
  • २०७९ पुष ४, सोमबार ०९:२० गते

काठमाण्डाै – एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना,...

TOP