२०८१ श्रावण ९
July 24, 2024, Wednesday

प्रतिनिधिसभा सांसदहरूको शपथ ग्रहण बिहीबार

प्रतिनिधिसभा सांसदहरूको शपथ ग्रहण बिहीबार

काठमाडौं, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ ।

शपथ ग्रहणका लागि सचिवालयले जारी गरेको सूचना

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । नेपालको संविधानको धारा (१ को उपधारा ९५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम संघीय संसद, प्रतिनिधि सभाको अध्यक्षता गर्ने माननीय ज्येष्ठ सदस्यले देहायको मिति, समय र स्थानमा संघीय संसद, प्रतिनिधिसभाका माननीय सदस्यहरूलाई गराउनु हुने शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपी), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।

संघीय संसद प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा ९२० बमोजिम तीन दिन अगावै संघीय संसद सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई उल्लिखित जानकारी गराइदिने व्यवस्था हुन समेत अनुरोध गरिन्छ

शपथ ग्रहण हुने मिति, समय र स्थान मिति – २०७९ साल पुस ७ गते बिहीबार
उपस्थिति – ११ः०० बजेदेखि
स्थान – प्रतिनिधिसभा बैठक कक्ष,
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर ।
समय : दिनको १ः०० बजे

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ पुष ४, सोमबार १५:३६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ पुष ४, सोमबार १५:३६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ पुष ४, सोमबार १५:३६ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP