एजेन्सी, साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप फटबलको उपाधि जितेको छ । कतारको लुसेल रंगशालामा आइतबार राति भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
यससँगै पाँचौँ सहभागीतामा लिओनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउन सफल भएका छन्। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जितेको हो।
यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो। सन् २०१८ को विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित भएको अर्जेन्टिनाले आफ्नो बदला लिएको छ ।
निर्धारित ९० मिनेटमा खेल २–२ र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
अर्जेन्टिनाको लागि मेस्सी, पाउलो डिबाला, लिन्ड्रो पारेडेस र गोन्जालो मोन्टिएलले गोल गरे। फ्रान्सको लागि भने किलियन एम्बाप्पेले र रान्डल कोलो मुआनीले गोल गरे । तर, किंग्सले कोमन र औरेलिन भने चुके । यसपछि अर्जेन्टिनाले बाजी मार्यो ।
अर्जेन्टिनाको लागि लिओनल मेस्सी र एन्जेल डी मारियाले गोल गरे। फ्रान्सको लागि किलियन एम्बाप्पेले ह्याट्रिक गोल गरे।
खेलको २१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। यो उनको कतार विश्वकपको छैठौं गोल पनि हो। खेलको ३६ औं मिनेटमा मारियाको गोलले अर्जेन्टिनाको अग्रता दोब्बर बन्यो।
खेलको ८० औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गरे। पहिलो गोल गरेको ९७ सेकेन्डपश्चात एम्बाप्पेले दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा पु्र्याए। एम्बाप्पेको यो कतार विश्वकपको सातौँ गोल थियो।
इन्ज्यूरी समयमा पनि २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा मेस्सीले १०९ मिनेटमा अर्जेन्टिनाको लागि तेस्रो गोल गरे। ११७ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सको लागि तेस्रो गोल गर्दै खेललाई ३–३ को बरारीमा पु्र्याए। यससँगै एम्बाप्पेले ह्याट्रिक पुरा गरे।
विश्वकप विजेता अर्जेन्टिनाले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार रुपैँया प्राप्त गरेको छ । उपविजेताले फ्रान्सले नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाएको छ ।
तेस्रो स्थान प्राप्त गरेको क्रोएसियाले ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने मोरक्कोले ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ जितेका द्धन्।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...