२०८० मंसिर २१
December 7, 2023, Thursday

बैठक स्थल गोप्य राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चुन्दै

बैठक स्थल गोप्य राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चुन्दै

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ। संसदीय दलको नेता छान्नका लागि रास्वपा बैठक केहीबेरमा बस्ने भएको हो।

बुढानिलकण्ठस्थित एक होटलमा बैठक बस्न लागेको रास्वपाका एक नेताले जानकारी दिए। यद्यपि कुन होटलमा बैठक बस्न लागेको भन्नेबारे ती नेताले जानकारी दिन चाहेनन्।

स्रोतका अनुसार बूढानिलकण्ठस्थित एक होटलमा बैठक बस्न लागेको हो।

सरकार गठन आह्वान भएसँगै राजनीतिक दलहरु संसदीय दलको नेता चुन्ने कसरतमा छन्। संघीय संसदको चौथो शक्ति रहेको रास्वपा पनि सरकारमा सहभागी हुनेबारे आन्तरिक गृहकार्यमा छ।

‘बैठक बस्दै छ,’ ती नेताले भने, ‘संसदीय दलको नेता चुन्नका लागि बैठक बस्न लागेको हो,’

संसदीय दलको बैठकपछि दुई दिने अभिमुखीकरण तालिम सञ्चालन समेत गर्ने रास्वपाको तयारी छ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ४, सोमबार ०९:४३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ४, सोमबार ०९:४३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ४, सोमबार ०९:४३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP