२०८० मंसिर २०
December 6, 2023, Wednesday

सत्ता स्वार्थमा माओबादी अध्यक्ष दाहाल, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

सत्ता स्वार्थमा माओबादी अध्यक्ष दाहाल, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

काठमाडौं– ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ। तर, पानी बनिसकेपछि त्यसबाट अक्सिजन वा हाइड्रोजन छुट्याउन खोजेर पाइँदैन, त्यो केवल पानी हुन्छ।

नेकपामा पनि अब न एमाले छ, न माओवादी। साँच्चै भन्दा नेकपा छुट्टै यौगिक बनिसक्यो।’ २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति थियो यो।

सातौं आम निर्वाचनको पूर्वसन्ध्यामा बिना कुनै पूर्वतयारी र योजनाबिना चुनावी नाफाघाटाको अंकगणितमा गरिएको एकता घोषणा तीन वर्ष नपुग्दै फुटको संघारमा पुग्यो। माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी ओली एकअर्कालाई अपराधी करार गर्न ‘तुच्छ’ शब्दहरुको सहारा लिने अवस्थामा पुगे।

आलोपालो सरकार चलाउने सहमतिअनुसार ओली प्रधानमन्त्री पद छाड्न तयार नभएपछि सुरु भएको झगडा संसद् विघटनसम्म पुग्यो।

नेकपा विभाजन भएर पुरानै दल एमाले र माओवादी अस्तित्वमा आए। यतिमात्रै होइन, माधवकुमार नेपालले एमाले फुटाए।

अनि कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीसहितको पाँचदलीय गठबन्धन बन्यो। केपी ओलीको सरकार ढलेपछि शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो यिनै पाँच दल मिलेर।

भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन। यो युक्ति एकपटक पुनः सत्य सावित हुनेगरी दलहरु सत्ता कब्जाको रस्साकस्सीमा जुटेका छन् अहिले।

एकअर्कालाई सत्तोसराप गरेका दाहाल र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्।

सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका दाहालले अन्यथा एमालेसँग मिलेर गठबन्धन भत्काउने घुर्की दिइरहेका छन्।

कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका दाहाल र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्।

सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका दाहालले अन्यथा एमालेसँग मिलेर गठबन्धन भत्काउने घुर्की दिइरहेका छन्।

राष्ट्रपति र सभामुख कांग्रेसलाई दिएर भए पनि प्रधानमन्त्री माओवादीबाट बन्नुपर्ने माग उनको छ। माओवादी निकट नेताहरुका अनुसार गठबन्धनकै बलमा आफू प्रधानमन्त्री बन्ने पहिलो प्रयास गरेका उनले अन्यथा एमालेसँग मिल्ने विकल्प खुला राखेका छन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि दाहाल आफ्नो रणनीतिअनुसार अघि बढेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहालले शेरबहादुर देउवासँग प्रधानमन्त्री मागेका थिए। तर। कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

कांग्रेस सकारात्मक नदेखिएपछि आइतबार पनि बालुवाटार पुगेका दाहालले अन्यथा अन्य विकल्प पनि खोज्न सक्ने चेतावनी दिएको उनी निकट स्रोतले जानकारी दिएको छ।

तर, देउवा भने प्रधानमन्त्री पद छाड्न तयार छैनन्। अन्य दललाई राष्ट्रपति छाड्न सकिने मनस्थितिमा उनी छन्।

तर, कुनै हालतमा सरकार आफ्नै नेतृत्वमा बनाउने तयारी उनको छ। यसका लागि उनले पनि एमालेसहित अन्य दलसँग छलफल अघि बढाइसकेका छन्।

सुरुवाती दिनदेखि गठबन्धन तोड्ने रणनीतिमा लागेको एमालेले दाहालको यही ढुलमुले अवस्थाको फाइदा उठाउँदै प्रधानमन्त्रीको प्रस्ताव राखेको छ।

एमाले नेता ईश्वर पोखरेल केही दिनअघि ओलीको उक्त प्रस्ताव लिएर दाहाललाई भेट्न निवासमा पुगेका थिए। सुवास नेम्वाङ र शंकर पोखरेल पनि दाहाललाई भेट्न गएको खुलेको छ।

एमाले, माओवादी र नेकपा एसका दोस्रो तहका केही नेताहरुले बाम गठबन्धनका लागि प्रयास गरिरहेका छन्। यसमा एमाले नेतृत्व पनि सकारात्मक छ।

उसले प्रधानमन्त्रीमा दाहाललाई समर्थन गर्नका लागि पहिलो प्रस्ताव गठबन्धन तोड्नुपर्ने राखेको छ र राष्ट्रपति आफूलाई दिनुपर्ने प्रस्ताव पेश गरेको एमालेका एक नेताले बताए।

यद्यपि, ओलीको यस प्रस्तावमा ओलीका केही विश्वास पात्र समेत रुष्ट छन्। उनीहरु कसैगरी माओवादी र नेकपा एससँग मिलेर जान नहुने पक्षमा छन्।

‘जनमतले सरकार बनाउनका लागि कांग्रेसलाई मत दिएर पठाएको छ, उसले बनाओस्, एमालेले बाहिरबाट सपोर्ट गर्छ,’ ओली क्याबिनेटका एक पूर्वमन्त्रीले भने, ‘विचारै नमिल्ने दलहरुबीच एकता गरेर सत्ताको भर्‍याङ चढ्नु किमार्थ सही हुँदैन, जुन यसअघि पनि पुष्टि भइसकेको छ।

अब पुनः त्यही बाटोमा जानु घातक हुन्छ।’ आफू गठबन्धनको पक्षमा नरहेको बताउँदै उनले अवस्था हेरेर नेतृत्वले त्यस्तो निर्णय गरे विरोध गर्ने बताए।

सुरुवाती दिनदेखि गठबन्धन तोड्ने रणनीतिमा लागेको एमालेले दाहालको यही ढुलमुले अवस्थाको फाइदा उठाउँदै प्रधानमन्त्रीको प्रस्ताव राखेको छ।

एमाले नेता ईश्वर पोखरेल केही दिनअघि ओलीको उक्त प्रस्ताव लिएर दाहाललाई भेट्न निवासमा पुगेका थिए।

पार्टीभित्रको अन्तरविरोधका बीच पनि गठबन्धन फुट्ने अवस्था आएको खण्डमा दाहाललाई समर्थन गर्न सक्ने मुडमा ओली पुगिसकेको उनीनिकट स्रोतले बताएको छ।

त्यसो त एमालेले कांग्रेसलाई पनि सोही प्रस्ताव पठाएको छ। ‘सरकारमा जाने हाम्रो कुनै नीति छैन,’ एमालेका एक नेताले भने, ‘गठबन्धन तोडेर सरकार बनाउने खण्डमा हामी समर्थन गर्छौं भनेर सन्देश पठाएका छौं।’

यद्यपि, अर्का एक एमाले नेताले भने कांग्रेस–एमाले सरकारका लागि पनि पहल भइरहेको बताए। एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरे पनि दाहाल भने विगतको सहकार्यका कारण ढुक्क छैनन्।

जसकारण उनी सत्ता गठबन्धनकै समर्थनमा प्रधानमन्त्री बन्ने पहिलो प्रयासमा छन्। आफ्ना ३२ सहित नेकपा एसका १०, जसपाका १२, जनमोर्चाका एक, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ३ र प्रभु साहसहित २ स्वतन्त्र सांसद आफ्नो पक्षमा भएको दाबीसहित उनले देउवासँग बार्गेनिङ गरिरहेका छन्।

नेकपा एस, जनमत, नागरिक उन्मुक्ति र प्रभु साहले दाहाललाई समर्थन गर्ने विश्वास दिलाएको भएपनि अन्यले भने कुनै निर्णय गरेका छैनन्।

यद्यपि, दाहाललाई समर्थन गर्ने विश्वास दिलाएका ती दलले पनि आधिकारिक निर्णय भने गरेका छैनन्। आफ्नो समर्थनमा ती सांसदहरु भएकोमा विश्वस्त दाहाल देउवाले नछाडेको खण्डमा एमालेसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको उनी निकट स्रोतले बताएको छ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष ५, मंगलवार ०८:५१ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष ५, मंगलवार ०८:५१ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ पुष ५, मंगलवार ०८:५१ गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP