२०८० मंसिर २१
December 7, 2023, Thursday

कपन आगलागीमा घरधनीले भ्रमपूर्ण आरोप लगाएको हिमालयन एडभेन्चर सञ्चालकको गुनासो

कपन आगलागीमा घरधनीले भ्रमपूर्ण आरोप लगाएको हिमालयन एडभेन्चर सञ्चालकको गुनासो

काठमाडौं – गतअसोज ५ गते काठमाडौं महानगरपालिका बुढाकिलकण्ठमा भएको आगलागीमा ईलाईट हिमालयन एड्भेन्चर्सलाई घरधनीले कम्पनीमाथि कपोकल्पित र भ्रमपूर्ण आरोप लगाएको जनाएको छ ।

मंगलबाररिपार्टर्स क्लबमा पत्रकार सम्मेलन गरी एड्भेन्चर्स सञ्चालक निर्मल पुर्जाले आफुमाथी घरधनीले लगाएको आरोप झुटो भएको स्पष्ट पारेको छ ।

कम्पनीले उक्त घट्नामा आफूहरु संवेदनशील रहेको र निरन्तर घरधनीको सम्पर्कमा रहेकोकम्पनीलाथि लगाइएको आरोप पुष्टि गर्न चुनौति दिए । उनले कम्पनी माथि लगाइएको आरोपमाथि कसैलाई पानी भ्रममा नपर्नसमेत अनुरोध गरे ।

अनुसन्धानको क्रममा रहेको घटनामा घरधनी टंक घिसिङ्ले आफ्नो ग्राहकहरुलाई भ्रममा पारेको सञ्चालकको भनाइ छ । कम्पनीले भने उक्त घट्नाको सम्बन्धमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको जनाएको छ ।

कम्पनीका कानूनी सल्लाहकार अधिवक्ता वीरेन्द्रकुमार ठाकुरले घरधनीले कम्पनीमाथि भ्रामक आरोप दावी गर्दै कम्पनी घट्नाप्रति संवेदनशील रहँदा रहँदै घरधनीले मिडिया र सामाजिक सञ्जालमा भ्रमपूर्ण र कपोलकल्पित ढंगले प्रचार गरेकोप्रति दुःख ब्यक्र गरे ।

उनले भ्रमपूर्ण विषयले आफूहरुलाई शान्तिपूर्ण र स्वतन्त्रतापूर्वक पेशा र व्यवसाय गर्न पाउने हकअधिकारबाट कुण्ठित गरेको जिकिर गरे ।

घरधनी घिसिङ्ले कम्पनीले धान्न नसक्नेगरी रकम माग गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीको आयआर्जनले माग बमोजिमको क्षतिपूर्ति भर्न नसक्ने जानकारी गराइएपनि घरधनीले आफूहरुको ईज्जत, सम्मान तथा कम्पनीको साखलाईसमेत असर पर्ने गरी सर्वसाधरणमा भ्रम फैलाएको कम्पनीकोे आरोप छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘ कम्पनीमा प्रतिनिधि, कर्मचारीमार्फत घरधनीसँग निरन्तर सम्पर्कमा रहेकोमा झुट्टा र कपोलकल्पित तथ्यहरुको सिर्जना गरी कम्पनीले जानीजानी घट्ना घटाएको भन्ने भावसहितको अभिव्यक्तिबाट हामीलाई ठूलो अन्याय भएको छ, अतः सम्पूर्ण सरोकारवाला, शुभचिन्तक, आफन्तजन तथा हाम्रा विश्वभरी रहेका ग्राहकवर्गमा पर्न गएको यसप्रकारको गलत, झुट्टा तथा भ्रमयूक्त अभिव्यक्तिप्रति कुनै प्रकारको भ्रममा नपर्नको लागि हार्दिक अनुरोध गर्दछौं । र, राज्यका निकायहरुलाई सत्य, तथ्यको छानविन गरी दोषी पाइएमा आवश्यक कारबाही गर्न अनुरोध गर्दछौं ।’

आगलागीमा परी तीन जनाको ज्यान गएको थियो ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ पुष ६, बुधबार ०९:०४ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी
सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी
  • २०७९ पुष ६, बुधबार ०९:०४ गते

सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ पुष ६, बुधबार ०९:०४ गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

TOP