एजेन्सी, एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्विट गर्दै छिट्टै सिइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वटिरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए ।
ट्विटरमा गरिएको भोटिङ पोलमा ५७।५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो ।
भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले सिइओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
‘म सिइओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु,’ मस्कले भनेका छन् ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...