काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार हालको सत्ता गठबन्धनले बनाउने बताएका छन् ।
बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष दाशालले गठबन्धनकै सरकार बन्ने बताएका हुन् ।
‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘आज शपथ ग्रहण पनि राम्रोसँग र बडो उत्साहका साथ सम्पन्न भयो ।’
उनले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताए । ‘यही गठबन्धनको सरकार बन्छ’, अबको पहिलो प्रधानमन्त्री देउवा कि तपाईं भन्ने प्रश्नमा दाहालले भने, ‘पहिलो प्रधानमन्त्रीबारे हामी सल्लाह गर्दैछौँ ।’
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...