काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपतिको आकांक्षी नरहेको बताएका छन् ।
बिहीबार शपथ ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उने भनेका छन्, ‘म राष्ट्रपतिको आकांक्षी होइन ।’
उनले ०६४ र ०७२ सालमा पनि यो प्रस्ताव अस्वीकार गरेको बताए । ‘आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यक्ताको पद लिन्छु,’ उनले भने, ‘राष्ट्रपति बन्ने आकांक्षा भएको भए ०६४ सालमा नै बन्थेँ ।’
उनले थपे, ‘०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको थिएँ । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’
नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए । यसपटक सत्ता गठबन्धनले उनलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको थियो ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...