२०८० मंसिर २२
December 8, 2023, Friday

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, बाइडनसँगको भेटमा के भने ?

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, बाइडनसँगको भेटमा के भने ?

एजेन्सी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गरेका छन् । उनले बुधबार राष्ट्रपति बाइडेनसँग वासिङ्टनमा भेटवार्ता गरेका हुन् ।

भेटमा जेलेन्स्कीले रुससँग ‘केबल शान्ति’ भनेको आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताए । आफ्ना छोराछोरी गुमाउने आमाबाबुका लागि त्यो शान्ति हुन नसक्ने उनले बताएका छन् ।

‘मलाई थाहा छैन शान्ति भनेको के हो । यो एकदमै दार्शनिक वर्णन हो । यदि त्यहाँ न्यायसंगत युद्ध हो भने, मलाई थाहा छैन,’ बाइडेनसँग ह्वाइट हाउसको पत्रकार सम्मेलनमा देखा पर्दै उनले भने ।

जेलेन्स्कीले अगाडि थपे, ‘राष्ट्रपतिको हैसियतमा मेरो लागि शान्ति भनेको मेरो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन ।’

अमेरिकी राष्ट्रपति बाइडेनले जेलेन्स्कीलाई उनी एक्लै नभएको बताएका थिए । ‘तपाई कहिल्यै एक्लै खडा हुनुहुने छैन,’ सम्बोधनका क्रममा वाइडेनले भने ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ पुष ७, बिहीबार ०८:४७ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ पुष ७, बिहीबार ०८:४७ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ पुष ७, बिहीबार ०८:४७ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP