सिद्धार्थनगर, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् ।
बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउनेदेखि पर्यटन प्रवर्द्धनका योजनाहरू अगाडि बढाउनुपर्ने बताएकी हुन् ।
आयातमाथि नेपालको निर्भरतामा विस्तार भएको र त्यसबाट विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको बताउँदै राष्ट्रपति भण्डारीले चुनौती पार पाउन स्वालम्बी अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्छ,’ व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, वनपैदावार, जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति अवलम्बन गर्नुपर्ने समेत बताइन् । राष्ट्रपति भण्डारीले युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर काम गर्नुपर्ने भन्दै केही वर्षभित्र व्यापार घाटा कम गर्दै लैजान सकिने धारणा राखिन् ।
राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनको प्रयोग, लाभको क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गर्नु राज्यको जिम्मेवारी भएकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रहसमेत गरिन् ।
‘उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले राज्यको निकायको ध्यान जानुपर्छ’,
राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनी र यसको समग्र विकासका लागि आफू सधैँ सकारात्मक रहेको बताइन् । उनले भैरहवामा बनेको अन्तराष्ट्रिय विमानस्थलपछि यसक्षेत्रको विकासमा थप टेवा पुगेको बताइन् ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...