२०८० मंसिर २१
December 7, 2023, Thursday

सांसदहरूको शपथ ग्रहण आज, २६ जनाले १४ वटा मातृभाषामा शपथ लिने

सांसदहरूको शपथ ग्रहण आज, २६ जनाले १४ वटा मातृभाषामा शपथ लिने

काठमाडौं, गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधिसभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधान अनुसार यो दोस्रो प्रतिनिधिसभा हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै सङ्घीय संसद्को प्रतिनिधिसभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ।

यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो। शपथग्रहणलगत्तै ज्येष्ठ सदस्य राणाले संसद् सचिवालयमा सभामुखको पदभार ग्रहण गरी कार्यारम्भ गरेका छन् ।

उनले प्रतिनिधिसभाका अरू नवनिर्वाचित सदस्यलाई बिहीबार शपथग्रहण गराउने कार्यक्रम छ। त्यससँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल बिहीबारदेखि नै सुरु हुनेछ।

ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ। सदस्यका रूपमा पाउने सेवासुविधा पनि शपथपछि प्रारम्भ हुनेछ।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले शपथ लिएसँगै सदस्यको औपचारिक रूपमा कार्यकाल प्रारम्भ हुने बताए।

धमलाका अनुसार सदस्यहरूले पाउने सेवासुविधालगायतको गणना पनि बिहीबारदेखि नै हुनेछ। मङ्सिर ४ मा एकै पटक चुनाव सम्पन्न भएपछि यस पटक मतगणनामा शीघ्रता हुँदा जनप्रतिनिधिमूलक संस्थामा छोटो समय मात्र रिक्तता भएको हो।

साथै प्रधानमन्त्री चयनअघि नै सदस्यको शपथ गराउने सरकार र संसद् सचिवालयको परामर्शपछि यो पटक चाँडै शपथ हुन लागेको हो।

अघिल्लो पटक अधिवेशन प्रारम्भको एक दिनअघि शपथ गराइएको थियो। यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस गरेको छैन।

पुसको दोस्रो सातासम्म अधिवेशन आह्वान हुने अनुमानमा सचिवालयले तयारी भने करिब पूरा गरिसकेको छ।

शपथपछिको अधिवेशनको पहिलो बैठक भने निश्चित भएको छैन। अधिवेशनमा राष्ट्रपतिले चाहेमा सम्बोधन पनि हुनेछ।

राष्ट्रपतिबाट सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकी छिन् ।

अघिल्लो पटक सांसदको शपथग्रहण नगरी प्रधानमन्त्री नियुक्त भएकोमा यस पटक त्यो अभ्यासमा पनि सुधार हुने भएको छ। अब बस्ने अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढ्नेछ।

१४ भाषाका २६ जना

यस्तै सहायक प्रवक्ता धमलाका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यस पटक २६ पुगेको छ।

सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्। १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।

यसैबीच शपथअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक आह्वान गरेका छन्। शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले बैठक आह्वान गरेका हुन् ।

बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ। बिहीबार मध्याह्न १२ बजे सर्वदलीय बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ७, बिहीबार ०८:४३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ७, बिहीबार ०८:४३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ७, बिहीबार ०८:४३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP