२०८० मंसिर २०
December 6, 2023, Wednesday

जीवनबहादुर शाही सर्वसम्मत चुनिए कर्णाली कांग्रेस दलको नेता

जीवनबहादुर शाही सर्वसम्मत चुनिए कर्णाली कांग्रेस दलको नेता

सुर्खैत, कर्णाली प्रदेशमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्।

कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो।

दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटिदिँदा शाही सर्वसम्मत भएका हुन्। पछि हटेका शाह नै शाहीको प्रस्तावक बने भने जानकी सिंहले समर्थक गरिन्।

उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका छन्। उनी मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा ९ख० बाट निर्वाचित भएका थिए।

उनले एमालेका छक्कबहादुर लामालाई ४,०७७ मतान्तरले पराजित गरेका थिए। शाहीले ७,०५६ मत ल्याएका थिए।

लामाले २,९७९ मत ल्याए। निर्वाचनअघिबाटै शाही कर्णालीको मुख्यमन्त्रीमा दोहोरिन सक्ने चर्चा थियो।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष ८, शुक्रबार १७:२० गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष ८, शुक्रबार १७:२० गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ पुष ८, शुक्रबार १७:२० गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP