२०८० मंसिर २१
December 7, 2023, Thursday

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ किलो सुन बरामद

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद भएको छ। फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट सुडानी नागरिकबाट झन्डै १९ किलो सुन बरामद भएको हो।

सुडानी नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिन सुनसहित पक्राउ परेका हुन्। विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए। शंकाका आधारमा चेकजाँच गर्दा उनी सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दियो।

विमानस्थलस्थित भन्सार कर्यालयले करिब १८–१९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ पुष ८, शुक्रबार १७:५१ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ पुष ८, शुक्रबार १७:५१ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ पुष ८, शुक्रबार १७:५१ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP