२०८० मंसिर २१
December 7, 2023, Thursday

प्रतिनिधिसभामा पैँतालीस प्रतिशत नयाँ अनुहार

प्रतिनिधिसभामा पैँतालीस प्रतिशत नयाँ अनुहार

काठमाडौँ, प्रतिनिधिसभामा करिब ४५ प्रतिशत सांसद नयाँ छन् । नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा बिहीबार १३० जनाले प्रतिनिधिसभा सदस्यको पहिलो पटक शपथग्रहण गरे ।

पहिलो पटक संसदीय यात्राको अनुभव सँगाल्न लागेका सांसदहरूले आफ्नो संसदीय यात्रा देश र जनताको हितलाई केन्द्रमा राखेर अगाडि बढाउने प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित सांसद प्रदीप पौडेलले चुनावअघि जनतासँग गरिएका वाचालाई मूर्तरूप दिन प्रयत्नशील रहने बताए ।

नेकपा ९एमाले०बाट निर्वाचित सूर्य थापाले पहिलो पटक संसद्को यात्रा गरे पनि २०४८ सालदेखि नै बहस हेर्दै र अध्ययन गर्दै आएको बताए ।

उनले सदस्यका रूपमा पहिलो पटक स्वयं उपस्थित हुँदा नौलो लागेको बताए । जनताको अपेक्षा पूरा गर्न आफू प्रयत्नशील रहने उनको धारणा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रवी लामिछानेले आम नागरिकले विश्वास गरेर पठाइसकेपछि जनमतको कदर गर्दै जनताको हितमा काम गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै निर्वाचित डा. तोसिमा कार्कीले आफू स्वास्थ्य क्षेत्रको पृष्ठभूमिबाट आएकाले स्वास्थ्य क्षेत्र सुधारमा विशेष जोड दिने बताइन् ।

उनले समस्या केलाउने मात्रै नभई समाधानतर्फ अग्रसर हुने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फका सात र समानुपातिकतर्फका १३ गरी २० जनाले पहिलो पटक संसद्को यात्रा गर्न लागेका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार भई मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले विकास निर्माणमा पछाडि परेका मुस्ताङलगायतका हिमाली क्षेत्रको उत्थानका लागि विशेष पहल गर्ने बताउँछन् ।

उनले जोमसोमदेखि उपल्लो मुस्ताङसम्म पक्की सडक निर्माण गर्ने र जिल्लावासीसँग गरेको वाचा पूरा गर्न प्रयास गर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार भई जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र शाहीले हिजो सडकमा उठाउँदै आएको मुद्दालाई अब संसद्बाट समाधानका लागि पहल गर्ने बताए ।

उनले देश र जनतालाई समृद्ध तुल्याउने नीति नियम निर्माणलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभामा १२ राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन् । सात दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित केही प्रतिनिधिसभा सदस्यले पनि पहिलो पटक संसद् भवनको यात्रा गरेका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले थुप्रै नयाँ प्रतिनिधि देख्दा उत्साहित भएको बताए ।

उनले भने , “विगतमा सत्ता पक्ष एक स्थान र विपक्ष अर्को ठाउँमा उभिएर यान्त्रिक भयौँ तर अब अन्तरपार्टी छलफल गरेर नयाँ परम्पराको सुरुवात गर्नेछौँ, जसले संसद्लाई नयाँ शिराबाट अगाडि बढाउनेछ ।” महामन्त्री थापाले भने संसद् यात्रा गरेको यो चौथो अवसर हो ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ८, शुक्रबार ०७:३४ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ८, शुक्रबार ०७:३४ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ८, शुक्रबार ०७:३४ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP