२०८० मंसिर २०
December 6, 2023, Wednesday

यति ग्रुपको पार्टनर रहेको हिमालय एअरलाइन्सबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसियो, निगमलाई राहत

यति ग्रुपको पार्टनर रहेको हिमालय एअरलाइन्सबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसियो, निगमलाई राहत

काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ ।

प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई दिएको हो । नेवानिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।

तर प्राधिकरणले यसअघि ग्राउन्ड ह्यान्डलिङ सेवा निर्देशिका, २०७२ को दफा ९४० बमोजिम हप्तामा ३५ भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले आफैँ भूमिस्थ सेवा गर्न पाउने नियमानुसार २०७७ असोज ४ गते हिमालयलाई अनुमति दिएको थियो ।

हिमालयलाई अनुमति दिएपछि त्यसले निगमको मुख्य आम्दानी गुमेको भन्दै यसको आलोचना भएपछि अनुमति स्थगनको अवस्थामा थियो ।

अनुमति पाएको एक वर्षभित्र ग्राउन्ड ह्यान्डलिङका लागि आवश्यक पर्ने उपकरण खरिद गरी सेवा सुचारु गर्नुपर्ने भए पनि हिमालयले सो कार्य नगरेको भन्दै प्राधिकरणले हिमालयलाई दिएको अनुमति स्थगित गरेर निगमलाई जिम्मेवारी दिएको हो ।

हिमालय एअरलाइन्समा चीन र नेपालको यति ग्रुपको संयुक्त लगानी रहेको छ ।

प्राधिकरणका सूचना अघिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी राष्ट्रिय ध्वजावाहकको संरक्षण गर्नु राज्यको दायित्व भएकाले पछिल्लो निर्णय गरिएको हो ।

उनले भने, “प्राधिकरणको पछिल्लो निर्णयले निगमको दैनिक साढे चार लाख रुपियाँभन्दा बढी आम्दानीमा सुधार आउनेछ ।”

हिमालयको ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्म प्राधिकरणको मङ्सिर ४ गतेको निर्णयअनुसार स्थगन भएको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवासमेत निगमले नै गर्ने उनको भनाइ छ ।

हिमालयले प्राधिकरणको ऐन नियमअनुसार नै अनुमति पाएको र प्राधिकरणको पछिल्लो निर्णयले कम्पनीले सामान्य कानुनी अधिकारसमेत प्रयोग गर्न नपाएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

उनले भने, “वैदेशिक लगानी ऐनमा स्वदेशी र विदेशी कम्पनीलाई विभेद गर्न नपाइने उल्लेख भए पनि नेपालको ऐन, नियम, उपनियम, विनियम र कार्यविधिअनुसार दिएको निर्णय प्राधिकरणले खोसिदिएको छ ।

हिमालयले आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफैँ गर्ने तयारीअनुसार खरिद गरिएका उपकरणको नोक्सानी कसले बेहोर्ने ? ”

Related News

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ८, शुक्रबार ०७:१७ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ पुष ८, शुक्रबार ०७:१७ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष ८, शुक्रबार ०७:१७ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP