२०८० चैत्र १६
March 29, 2024, Friday

अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच कुटाकुट, ३५ जना घाइते

अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच कुटाकुट, ३५ जना घाइते

बैतडी, १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच कुटाकुट भएको छ । दुई वडाका बासिन्दाबीच भएको झडपमा ३५ जना घाइते भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ-आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए । मेयर चन्दका अनुसार सोही विषयमा विवाद भएर बिहीबार साँझ झडप भएको हो ।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन छ । केही समयअघि वडा नम्बर १ का स्थानीयले आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै तालाबन्दी गरेका थिए । त्यसको केही दिनपछि पुनस् वडा नम्बर ७ का स्थानीयले तालाबन्दी गरे ।

दुवैलाई सहमति गरेर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला बिहीबार झडप भएको हो ।

झडपमा वडा नम्बर ७ का २७ र १ का ८ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । मेयर चन्दले भने झडपमा सरिया लट्ठी र इँट्टा प्रहार गरिएकाले केहीलाई बढी चोट लागेको बताए ।

नगरपालिका महासंघको महाधिवेशनमा सहभागी हुन मेयर-उपमेयर दुबै काठमाडौं गएको बेला यता झडप भएको हो ।

२०७० सालदेखि अस्पताल निर्माणको कुरा उठे पनि स्थानीयहरूको विवादले ९ वर्षदेखि निर्माण अघि बढेको छैन ।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ पुष ८, शुक्रबार ११:१४ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
  • २०७९ पुष ८, शुक्रबार ११:१४ गते

काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ पुष ८, शुक्रबार ११:१४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP