२०८० मंसिर २०
December 6, 2023, Wednesday

प्रधानमन्त्रीको बटम लाइन कांग्रेसले छाडेन, सत्ता सहकार्य कमजोर हुँदै गएको माओवादी निष्कर्ष

प्रधानमन्त्रीको बटम लाइन कांग्रेसले छाडेन, सत्ता सहकार्य कमजोर हुँदै गएको माओवादी निष्कर्ष

काठमाडौ, नयाँ सरकार गठन गर्न तोकिएको समयसीमा सकिन दुई दिन बाँकी छ। सत्ता गठबन्धनको तर्फबाट पहिलो सरकारको नेतृत्व कसले गर्नेरु सहमति अझै हुन सकेको छैन।

माओवादी केन्द्रले पहिलो सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएको छ, यस्तै काङ्ग्रेस पार्टीभित्रको सन्तुलन मिलाउन पनि पहिलो नेतृत्व आफैं गर्ने प्रस्तावबाट पछि हट्न मानेको छैन।

सरकारको नेतृत्वकै विषयमा काङ्ग्रेस(माओवादी टसमस नभएपछि शुक्रवार गठबन्धनको बैठक नै बस्न सकेन।

यद्यपि शुक्रवार बेलुका प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो।

तर, काङ्ग्रेसले आफ्नो दाबी कायम राखेपछि मिल्ने सम्भावना कमजोर हुँदै गएको माओवादी निष्कर्ष छ।

बालुवाटारमा देउवासँग भेटेलगत्तै अध्यक्ष दाहालको सम्पर्कमा पुगेका एक नेताले बताएअनुसार काङ्ग्रेस पूर्वसहमति भत्काउन खोज्दैछ।

त्यसमा सभापति देउवानिकट नेता नै सक्रिय भएका छन्। चुनावपछिको पहिलो सरकारको नेतृत्व आफूले गर्ने पूर्वसहमति भएको ती नेताले दाबी गरे।

तर, शुक्रबार बालुवाटारको बैठकमा प्रधानमन्त्री देउवाले मिलाउने गरि निर्णय गर्न नचाहेको एक नेताले बताए।

सभापति देउवाजीले आज पनि साथीहरुसँग सल्लाह गर्दैछु भन्ने जवाफ दिएर पन्छिन खोज्नुभएछ, ती नेताले भने, हिजो र आजको उहाँको भ्वाइसमा कुनै परिवर्तन आएको देखिएन।

काङ्ग्रेसका केही नेताको कुरामा देउवाजी पर्नु भएको जस्तो लाग्यो, उहाँलाई उचालेर पूर्वसहमति भाड्ने प्रयास हुँदैछ, काङ्ग्रेस विगतको समझदारीबाट पछि हट्न खोज्यो।

गठबन्धन बनाउँदै गर्दा चुनावपछिको पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने समझदारी बनेको ती नेता ठोकुवा गर्छन्।

गठबन्धन निर्माण हुँदै बनेको समझदारी कार्यान्वयन गर्न अझै आनाकानी भइरहेछ, ती नेताले थपे, तर, प्रधानमन्त्री पार्टीलाई विश्वासमा लिएर गर्छु, पार्टीमा सल्लाह गर्छु भनेर टारिरहेका छन्।

राष्ट्रपतिले दिएको समयसीमाअगाडि नै सहमति बन्ने अवस्था नभए परिस्थिति अर्कै हुने र त्यसले गठबन्धनलाई असर पर्ने माओवादी विश्लेषण छ।

माओवादीले यही गठबन्धनलाई अगाडि बढाउन चाहे पनि काङ्ग्रेसले निर्धारित समयमा निर्णय गर्न नचाहे अन्य विकल्पतिर जानुपर्छ, ती नेताले थपे, काङ्ग्रेसबाट धोका नहुने अपेक्षा लिएका छौँ, धोका भए त्यसको परिणामले कसैलाई राम्रो गर्दैन।

देउवाले पार्टीभित्रको कारण देखाए पनि उनी आफै सरकारको नेतृत्व लिन कस्सिएका छन्। तर यस विषयमा (शनिबार)फेरि गठबन्धन बैठक बस्ने काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

छलफल हुँदैछ,दाहालले सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने प्रस्ताव राख्नु भएको छ, महतले नेपालखबरसँग भने, सरकार बनाउन दिएको समयसीमाभित्र सहमति गर्ने कोसिस गर्छौं।

अध्यक्ष दाहालले राखेको प्रस्तावबारे आज नै बिस्तृत छलफल गरिने उनले बताए। तर, माओवादी नेताहरू भने काङ्ग्रेसले बोली फेरेको भन्दै असन्तुष्टि जनाएका छन्।

अध्यक्ष दाहाललाई विकल्पबारे उदार हुन सुझाव दिएको अर्का नेताले बताए। माओवादी अध्यक्ष दाहालसँग एमाले अध्यक्ष केपी ओलीले सत्ता सहयात्राको प्रस्ताव राखिसकेका छन्।

बुधबार र बिहीबार ओलीले दाहाललाई गठबन्धन छोडेर आए सहकार्य गर्न तयार रहेको बताएका हुन्। ओलीको प्रस्तावमा अध्यक्ष दाहालनिश्चिन्त हुन सकेका छैनन्। तर, ओलीले गठबन्धन छाडे अहिले नै प्रधानमन्त्री दिने वचन दिएका छन्।

Related News

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ९, शनिबार ०८:४३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ९, शनिबार ०८:४३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष ९, शनिबार ०८:४३ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP