काठमाडौ, बाल कलाकार सचिन परियारको काठमाडौंस्थित टिचिङ अस्पतालको आईसीयूमा उपचार भैरहेको छ। सचिन बोल्न नसक्ने अवस्थामा रहेको उनलाई भेट्न अस्पताल पुगेका कलाकारले बताएका छन्।
आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या आएको उनकी आमाले बताएकी थिइन्। अहिले कलाकारहरु सचिनको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागिपरेका छन्।
सञ्चारकर्मी सहित अस्पताल पुगेका कलाकारले उनकी आमालाई आर्थिक सहयोग गर्ने वचन दिइरहेका छन्।
लाइभ दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले अस्पताल पुगेर सचिनकी आमालाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। अस्पताल पुगेका कलाकारहरूले उपचार खर्च जुटाउन पहल समेत गरिरहेका छन्।
अस्पतालमा सचिनको रेखदेख गरिरहेकी उनकी आमाले उपचारमा सघाउन अपील गरेकी छिन्। परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कूलले होस्टेलमा राखेर निशुल्क पढाउँदै आएको थियो।
अचानक बिरामी परेपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएका सचिनले केहि समय गीत गाउनेदेखि म्यूजिक भिडिओमा अभिनय गर्ने काम गरे।
तर, उनी पछिल्लो समय गुमनाम जस्तै थिए।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...