काठमाडौं, ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको बिजेता करण राई बनेका छन् । शुक्रबारको फाइनलमा करण राई बिजेता बनेका हुन् ।
राजु लामाको समूहबाट करण बिजेता भनेका हुन् । शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको समूहबाट सविना लिम्बू दोस्रो भएकी छिन् ।
प्रमोद खरेलको समूहबाट योगेश टप ३ मा पर्न सफल भएका छन् भने प्रवीशा अधिकारीको समूहबाट शाइल लिम्बू चौथो भएका हुन् ।
शनिबार भ्वाइसका पूर्वविजेता किरण गजमेरले पनि सांगीतिक प्रस्तुति दिएका थिए । भ्वाइसको चौथो सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
शुक्रबार सम्पन्न भएको फिनालेबाट ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ बिजेता करण राईले विजेता प्राप्त गरे । उपाधिको लागि प्रमोद खरेलको समूहबाट योगेश मगर, राजेशपायल राईको समूहबाट सविना योङहाङ, राजु लामाको समूहबाट करण राई र प्रवीशा अधिकारीको समूहबाट शाइल लिम्बू गरी चार प्रतिस्पर्धीहरु भिडेका थिए ।
अधिकतम भोट प्राप्त गर्ने प्रतिस्पर्धी करण राईको हातमा आज भ्वाइसको उपाधि आयो । करिब डेढ महिनाअघिदेखि सुरु भएको भ्वाइसको यस चौथो संस्करणमा ४२ हजारले आवेदन दिएका थिए।
काठमाडौ, नेफ्टा अवार्ड आयोजनाका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सम्झौता गरेका छन् । सम्झौता अनुसार काउन्सिलले...
काठमाडौं, लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई...
एजेन्सी, बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले घरेलु मात्र नभएर विश्वभरको ‘बक्स अफिस’मा उच्च कमाइ गरेको छ। रिलिजको पहिलो दिनमा...