काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते दिउँसो एक बजेका लागि बैठक बोलाएको मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । संंस्थापन इतर समूहका नेताहरूले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरेपछि सभापति शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्।
देउवाको कार्यशैलीका कारण कांग्रेस पहिलो पार्टी बन्दा पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको आरोप नेताहरूको छ ।
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...