काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ । निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय छ ।
१२ बजेदेखि दिउँसो १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२: ३० बजेदेखि १: ३० बजेसम्म नाम फिर्ता लिने, १: ३० बजेदेखि दिउँसो २ बजेसम्म दाबी/विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
दिउँसो २:३० बजेदेखि ३:३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यद्यपि सहमतिमै संसदीय दलको नेता टुङ्ग्याउने प्रयास सांसदहरूले गरेका छन् । अहिले संसदीय दलको नेता चयन गर्नका लागि बैठक बसिरहेको छ ।
बैठकमै रहेका राजकिशोर यादव भने सहमति टुङ्गिन गाह्रो देखिएको बताउँछन् । दलको नेताको आकांक्षीसमेत रहेका उनले भने, ‘निर्वाचन नै होलाजस्तो छ । सहमतिमा मिल्दैनजस्तो छ ।’
अन्य संसदीय दलको नेतामा रुचि देखाउनेमध्ये संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई, कार्यकारिणी सदस्य नवलकिशोर साहलगायत छन् ।
निर्वाचनमा पराजय भोगेका अध्यक्ष उपेन्द्र यादव भने राईलाई संसदीय दलको नेता बनाउन चाहन्छन् । तर, उनीमाथि मधेशी नेताहरूले राईलाई नेता नबनाउन दबाब बढाएका छन् ।
उनीहरूले अध्यक्ष यादवलाई निर्वाचनमा जानुपर्ने बताइरहेका छन् । यदि निर्वाचन नै भयो भने राई हार्ने निश्चितप्रायस्जस्तो देखिन्छ । किनकी उनको पक्षमा ४ भन्दा धेरै सांसद छैनन् ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...