२०८० मंसिर २१
December 7, 2023, Thursday

काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो, तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो, तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

काठमाडौं, काठमाडौं उपत्यकाको न्युनतम तापक्रम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ ।

हिजो मङ्गलबार काठमाडौंको न्युनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिएका छन् ।

देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ ।

सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ । यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ ।

जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।

अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १३, बुधबार ०८:२० गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष १३, बुधबार ०८:२० गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष १३, बुधबार ०८:२० गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP