२०८० मंसिर २१
December 7, 2023, Thursday

बालुवाटारबाट छाड्ने तयारीमा देउवा, भोलि धुम्बाराही सर्ने

बालुवाटारबाट छाड्ने तयारीमा देउवा, भोलि धुम्बाराही सर्ने

काठमाडौ, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी अघि बढाएका छन्।

देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार धुम्बाराहीमा भाडाको घरमा सर्नेगरी तयारी भइरहेको छ।

‘हिजो घर भेटिएको छ। भोलि सर्नेगरी आज तयारी भइरहेको छ,’ परियारले भने, ‘त्यहाँ पनि केही व्यवस्थापनका कामहरु भइरहेको छ।’

१० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए।

मंगलबार दिउँसो धुम्बाराहीमा एक घर भेटिएको र केही समय सोही भाडाको घरमा देउवा बस्नेछन्।

बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा भने भौतिक निर्माणको काम भइरहेको छ। सोही कााम सक्नुअघिसम्मका लागि देउवाले भाडाको घर प्रयोग गरेका हुन्।

देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ।

प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा दाहाल खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन्।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १३, बुधबार ०८:३८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष १३, बुधबार ०८:३८ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष १३, बुधबार ०८:३८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP