काठमाडौं, साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ।
आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार तोलामा ३०० रुपैयाँ बढेर आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि गत साताको अन्तिम कारोबार दिन ९शुक्रबार० सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो।
शुक्रबार छापावल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ।
शुक्रबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो। शुक्रबार चाँदी प्रतितला १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...
सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...