२०८० मंसिर २१
December 7, 2023, Thursday

त्रिभुवन विश्वविद्यालयमा आजदेखि हिउँदे बिदा

त्रिभुवन विश्वविद्यालयमा आजदेखि हिउँदे बिदा

काठमाडौ, जाडो बढेपछि त्रिभुवन विश्वविद्यालयले आजदेखि हिउँदे बिदा दिएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो ।

त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य भने सञ्चालन हुनेछ । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् ।

त्रिविमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ पुष १७, आईतवार ०८:५० गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ पुष १७, आईतवार ०८:५० गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १७, आईतवार ०८:५० गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP