२०८० मंसिर २०
December 6, 2023, Wednesday

एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ९१ अर्ब निक्षेप, रु. ४ अर्बले घट्यो कर्जा लगानी

एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ९१ अर्ब निक्षेप, रु. ४ अर्बले घट्यो कर्जा लगानी

काठमाण्डौ, पछिल्लो एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा ९१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ५२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।

गत मंसिर १७ गतेसम्म कुल निक्षेप ५१ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो एक महिनाको अवधिमा बैंकहरुको निक्षेप ९१ अर्ब रुपैयाँ बढेको हो।

यसैगरी यो एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि बढेर ४६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म कुल निक्षेप ४५ खर्ब ७१ अर्ब रुपैयाँ थियो। यस अवधिमा वाणिज्य बैंकहरुको मात्र निक्षेप पनि ८७ अर्ब रुपैयाँले बढेको छ।

पछिल्लो एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ। गत मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म घटेर ४७ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ।

वाणिज्य बैंकहरुको भने कर्जा लगानी भने ६ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार पुस १६ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६।६२ प्रतिशत कायम भएको छ गत मंसिर १७ गतेसम्म औसत सीडी रेसियो ८६।७२ प्रतिशत थियो।

पुस १६ गतेसम्म अन्तरबैंक ब्याजदर भने ८।१० प्रतिशत रहेको छ।

Related News

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी
शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी
  • २०७९ पुष १८, सोमबार १२:३६ गते

शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन...

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ पुष १८, सोमबार १२:३६ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष १८, सोमबार १२:३६ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP